
काठमाडौंमा भएको आठौं महाधिवेशमा प्रत्यासी जमुना घले गुरुङलाई भारी मत अन्तरले हराउँदै दुई वर्षे कार्यकालका लागि भट्ट विजयी भएका हुन् ।
उनले ११ सय ९७ मत प्राप्त गरे । गुरुङले भने ५ सय ८४ मत प्राप्त गर्नुभयो । निर्वाचनमा कूल १७८८ मतदाताले मतदान गरेका थिए ।
एनआरएनएका दुई उपाध्यक्षमा कुमारप्रसाद पन्त र कुल आचार्य विजयी भएका छन् ।
उपाध्यक्षमा ६ जनाबीच प्रतिस्पर्धा भएको थियो । महिला उपाध्यक्ष भने सपिला राजभण्डारी विजयी भएकी छिन भने महासचिवमा डा.बद्रि केसी विजयी भएका छन् ।
दुई जना सचिवमा डम्बरबहादुर क्षेत्री र जानकी गुरुङ विजयी भएका छन् भने कोषध्यक्षमा हिक्मतबहादुर थापा विजयी भएका छन् ।
सह–कोषाध्यक्षमा सोमनाथ सापकोटा विजयी भएको निर्वाचन समितिले जनाएको छ । महिला संयोजकमा भूमादेवी लिम्बु र युवा संयोजकमा सुदन थापा निर्वाचित भएका छन् ।
कुल १ हजार ८ सय ५४ मध्ये १ हजार ७ सय ८८ मतदाताले मतदान गरेका थिए ।
जसमध्ये भट्टले १ हजार १ सय ९७ मत प्राप्त गरे भने उनकै प्रतिद्धन्द्धी जमुना गुरुङले ५ सय ८४ मत प्राप्त गरेको निर्वाचन समितिले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्