२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


रसुवागढी नाकामा चेकजाँचका लागि प्रविधि नहुँदा तस्करी बढ्यो


0
Shares

पछिल्लो समय नाकामा सवारी साधनको चाप बढेसँगै चेकजाँचका लागि प्रविधि नहुँदा समस्या भएको हो ।

अन्तर्राष्ट्रिय नाकाको रुपमा समेत घोषणा भएको रसुवागढीमा सवारी चेकजाँच गर्न अत्यावश्कीय सामग्रीहरु नहुँदा समस्या भएको रसुवाका प्रहरी नायव उपरीक्षक शरतकुमार थापा क्षेत्रीले जानकारी दिए ।

चेकजाँचका लागि नाकामा सीसीटीभी क्यामेरा, वाक थ्रु गेट, गाडी स्क्यानरलगायतका प्रविधि अत्यावश्यक भए पनि जडान गर्न नसकिंदा चोरी तस्करी बढ्न थालेको छ ।

प्रविधि जडान गर्न नसक्दा नाकामा खटिएका सुरक्षाकर्मीले झोला खोतल्ने, कपडा निकाल्ने र सामान्य रुपमा गाडीको जाँच गर्ने गरेका छन्

नाकामा प्रविधि जडान हुने हो भने ५० प्रतिशत अपराध तथा अवैध सामन ओसारपसार नियन्त्रण हुने उहाँको भनाई छ ।