१७ असार २०८२, मंगलबार | Tue Jul 1 2025


लमजुङको राइनासकोटबाट प्याराग्लाइडिङको परीक्षण सुरु


0
Shares

एक नेपालीसहित पाँच विदेशी पर्यटकले राइनासकोटबाट प्याराग्लाइडिङको सफल परीक्षण गरेका हुन् ।

प्याराग्लाइडिङ गरेका छ मध्ये तीन जनाले चेपे नदी किनारमा तथा तीन जनाले लमजुङको सुन्दरबजार र गोरखाको लिगलिग घुमेर राइनासकोटमै अवतरण गरेका थिए ।

राइनासकोटमा प्याराग्लाइडिङको सम्भावना राम्रो पाइएको पाइलट लाक्पा शेर्पाले बताए ।

मनोरम दृष्य र सुरक्षित अवतरणको अवस्था निकै राम्रो पाइएको शेर्पाको भनाइ छ ।

पर्यटन व्यवसायी कृष्णराज ओलियाले प्याराग्लाइडिङलाई व्यवस्थित गर्नुपर्नेमा जोड दिए ।

पछिल्लो समय पोखराबाट प्याराग्लाइड विस्थापन हुने हल्लासँगै नयाँ सम्भाव्यता खोजी भइरहेका बेला राइनासकोटको सम्भाव्यताले व्यावसायिक प्याराग्लाइड गर्नेहरु उत्साहित भएका छन् ।

सफल परीक्षण गरेको टोलीले सोही ठाउँबाट तीन दिनसम्म प्याराग्लाइडिङ गरेको थियो । टोलीमा एक नेपालीसहित पाँच फ्रान्सेली नागरिक थिए ।