भूकम्पले ध्वस्त भएका सरकारी कार्यालय भवन धमाधम निर्माण हुँदै • Image Khabar Image Khabar


भूकम्पले ध्वस्त भएका सरकारी कार्यालय भवन धमाधम निर्माण हुँदै


Imagekhabar
३१ आश्विन २०७४, मंगलवार ०९:५४

भूकम्पले ध्वस्त भएका सरकारी कार्यालय भवन धमाधम निर्माण हुँदै

भूकम्पबाट भत्किएका दर्जनौं सरकारी भवनमध्ये हालसम्म ३० वटाको पुनर्निर्माण भईसकेको छ भने अन्य भवन निर्माणको काम तीव्र गतिमा अघि बढेको छ । केही कार्यालयले नयाँ भवनबाट काम शुरु गरिसकेका छन् ।

सबैभन्दा बढी स्वास्थ्य संस्थाका भवनको पुनर्निर्माण काम सकिएको शहरी विकास तथा भवन डिभिजन कार्यालय धादिङले जनाएको छ ।

भूकम्पका कारण धादिङका ११ गाविस भवन, ४९ वटा स्वास्थ्य चौकी, ३ सय १८ वटा विद्यालयका भवन र नगरपालिका क्षेत्रभित्रका ५१ वटा सरकारी कार्यालयका भवन पूर्णरुपमा ध्वस्त भएका थिए ।

सरकारी कार्यालयका भवन पुनर्निर्माण धमाधम भइरहँदा पनि व्यक्तिगत घरहरुको पुनर्निर्माणको काम भने निकै सुस्त देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्