सरकारबाट माओवादी केन्द्र फिर्ता हुँदै, गृहमन्त्री शर्माले पत्रकार सम्मेलन गर्ने • Image Khabar Image Khabar


सरकारबाट माओवादी केन्द्र फिर्ता हुँदै, गृहमन्त्री शर्माले पत्रकार सम्मेलन गर्ने


Imagekhabar
३१ आश्विन २०७४, मंगलवार १२:५४

सरकारबाट माओवादी केन्द्र फिर्ता हुँदै, गृहमन्त्री शर्माले पत्रकार सम्मेलन गर्ने

देउवा सरकारमा सत्ता साझेदारी गरिरहेको माओवादी केन्द्रले प्रमुख प्रतिपक्षी नेकपा एमालेसँग वाम गठवन्धन गरेपछि उसलाई सरकार छाड्न दबाब परेको थियो ।

प्रधानमन्त्री शेरबहादुर देउवाले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग पटक पटक छलफल गरी सरकार छाड्न आग्रह गरेका थिए । विपक्षीसँग गठबन्धन गरेर सरकारमा बस्नु नैतिक रुपले पनि उचित नहुने भन्दै देउवासहितका कांग्रेस नेताहरुले माओवादी नेताहरुलाई सरकार छाड्न आग्रह गरिरहेका थिए ।

सरकार छाड्नुअघि गृहमन्त्री जनार्दन शर्मा प्रभाकरले आजै दिउँसो पत्रकार सम्मेलन गर्दै छन् ।

माओवादी केन्द्रले एमालेसँग गठबन्धन गरेपछि प्रधानमन्त्री देउवाले राप्रपालाई समेटेर मन्त्रिपरिषद बिस्तार गरेका थिए । देउवाको सरकार इतिहासकै जम्बो ६४ सदस्यीय बनेको छ ।

सरकार नछाडेमा माओवादी मन्त्रीहरुलाई विनाविभागीय बनाउने र राप्रपाका मन्त्रीहरुलाई मन्त्रालय तोक्ने तयारीमा प्रधानमन्त्री देउवा पुगेका थिए । वाम गठवन्धनमा सामेल भए पनि माओवादीले कांग्रेस नेतृत्वको सरकारलाई दिएको समर्थन कायमै रहने बताउँदै आएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्