
गन्तव्य नेपालले मंलबार काठमाडौंमा गरेको एक कार्यक्रममा उनले निर्वाचनपछि मुलुकले निकास पाउने विश्वास व्यक्त गरे ।
राजनीतिक दलहरुको एकताबाट राष्ट्रियता बलियो हुने भन्दै उनले राजनीतिक दलहरुलाई एक भएर अगाडि बढ्न सुझाव दिए ।
राजनीतिक अस्थिरताका कारण मुलुकको आर्थिक समृद्धि रोकिएको भन्दै उनले मुलुकका लागि आर्थिक समृद्धि आवश्यक रहेको बताए ।
पर्यटन, कृषि, ऊर्जा र जडिबुटी आर्थिक समृद्धिको आधार भएको उनको भनाइ थियो ।
कार्यक्रममा पर्यटन क्षेत्रको विकासमा उल्लेख्य योगदान पुर्याएको भन्दै पर्यटन व्यवसायी, सन्चारकर्मी र समाजसेवीलाई सम्मानित गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस्