दाहाल–देउवा र दाहाल–ओलीबीच के भयो कुरा ? • Image Khabar Image Khabar


दाहाल–देउवा र दाहाल–ओलीबीच के भयो कुरा ?


Imagekhabar
३१ आश्विन २०७४, मंगलवार १६:५९

दाहाल–देउवा र दाहाल–ओलीबीच के भयो कुरा ?

निर्वाचनको वातावरण बने र तोकिएको समयमा नै निर्वाचन सम्पन्न हुने अवस्था आए आफूहरु सरकारबाट हट्ने जानकारी अध्यक्ष दाहालले प्रधानमन्त्रीलाई गराएको दाहालका प्रेस संयोजक मनोहरि तिमिल्सिनाले जानकारी दिए ।

सो अवसरमा प्रधानमन्त्रीले निर्वाचनको विषयमा आशंका नगर्न माओवादी केन्द्रका अध्यक्ष दाहाललाई आग्रह गरेका थिए ।

अध्यक्ष ओलीसँग छलफल
माओवादी केन्द्रका अध्यक्ष दाहालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग पनि मंगलबारै भेटवार्ता गरेका छन् ।

सिंहदरबारमा भएको भेटवार्तामा मुलुकको पछिल्लो राजनीतिक अवस्था, वाम गठबन्धन तथा चुनावी घोषणापत्र र उम्मेदवार छनोटलगायत विषयमा कुराकानी भएको थियो । रासस

प्रतिक्रिया दिनुहोस्