मंगलबार नेप्से ऋणात्मक • Image Khabar Image Khabar


मंगलबार नेप्से ऋणात्मक


Imagekhabar
३१ आश्विन २०७४, मंगलवार १९:५६

मंगलबार नेप्से ऋणात्मक

उतार–चढावबीच बजार परिसूचक नेप्से ६ अंक बराबरले झरेर १५ सय ५९ अंक कायम भएर थामियो । कारोबार भएकामध्ये बढीजसो समूह ओरालो लागेसँगै नेप्से पनि ऋणात्मक रहन पुगेको हो ।

जलविद्युत्, व्यापार र अन्य समूह सामान्य अंकले हरियो रहेबाहेक अरु समूह ऋणात्मक रहेका हुन् । बिमा समूह सबैभन्दा उच्च ४१ अंकले झर्‍यो । उत्पादनमूलक र होटल समूहमा पनि दोहोरो अंकको गिरावट आयो ।

यसदिन नेपाल स्टक एक्सचेन्जमा १६२ कम्पनीका १४ लाख १३ हजार कित्ता सेयर सवा ६१ करोड रुपैयाँ बराबरमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्