२९ असार २०८२, आइतबार | Sun Jul 13 2025


सुनको मूल्य सामान्य सस्तियो


0
Shares

अन्तर्राष्ट्रिय बजार पच्छ्याउँदै यसदिन स्थानीय बजारमा छापावाल सुनको मूल्य तोलामा १०० रुपैयाँले कमी आएर तोलाको ५६ हजार ६०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सुनको मूल्य सोमबार पनि तोलामा १०० रुपैयाँले नै झरेर तोलाको ५६ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।

चाँदीको भाउ भने मंगलबार पनि तोलाको ७७५ रुपैयाँमै स्थीर रह्यो ।

अन्तर्राष्ट्रिय बजारमा मंगलबार साँझसम्म सुन प्रतिऔंस १२ सय ९० डलर हाराहारीमा कारोबार भएको थियो ।