विनाविभागीय मन्त्रीलाई प्रधानमन्त्री कार्यालयमा कुर्सी र सोफा • Image Khabar Image Khabar


विनाविभागीय मन्त्रीलाई प्रधानमन्त्री कार्यालयमा कुर्सी र सोफा


Imagekhabar
१ कार्तिक २०७४, बुधबार ०६:५०

विनाविभागीय मन्त्रीलाई प्रधानमन्त्री कार्यालयमा कुर्सी र सोफा

‘मन्त्रीज्यूहरुलाई प्रधानमन्त्रीको सचिवालयमा बस्ने व्यवस्था मिलाइएको छ,’ मुख्यसचिव राजेन्द्रकिशोर क्षेत्रीले भने, ‘१० जना मन्त्रीका लागि प्रधानमन्त्रीको कार्यालयमा व्यवस्था गरिएको छ ।’

राज्यमन्त्रीलाई भने अर्को व्यवस्था नभएसम्म प्रधानमन्त्री कार्यालयको बैठक हलमा बस्ने व्यवस्था गरिएको छ ।

मुख्यसचिव क्षेत्रीले विनाविभागीय बनाइए पनि माओवादीका तर्फबाट सरकारमा सहभागी मन्त्रीहरु मन्त्रिपरिषद बैठकमा सहभागी हुन सक्ने बताए ।

उनले विनाविभागीय मन्त्रीलाई मन्त्रिपरिषदमा छलफल हुने एजेन्डा पठाइने बताए । –नयाँ पत्रिका दैनिकबाट

प्रतिक्रिया दिनुहोस्