१९ असार २०८२, बिहिबार | Fri Jul 4 2025


तिहारमा प्रयोग हुने सामग्रीले बजार भरिभराउ


0
Shares

तिहारमा लगाइने माला, टीका र माटोका दीयो किन्नहरुको भीड लाग्न थालेको छ । त्यसैगरी प्लास्टिकका मालाको बिक्री पनि बढेको छ ।

वाणगंगा, तौलिहवा, कृष्णनगर, चन्द्रौटालगायतका स्थानमा लाग्ने साप्ताहिक हाटबजारमा रंगीचंगी प्लास्टिकका कृत्रिम माला बेच्नका लागि राखिएका छन् ।

२० रुपैयाँदेखि ३ सय रुपैयाँसम्ममा यस्ता माला बिक्री हुने गरेका छन् । त्यसैगरी सप्तरंगी टीका, टोपी, माटोका दीयो लगायतका सामाग्रीको माग पनि बढेको व्यापारीहरुले बताएका छन् ।