३० श्रावण २०८२, शुक्रबार | Fri Aug 15 2025


कोशी कटान पीडितको गुनासो– ६४ वर्ष बितिसक्दासमेत मुआब्जा पाएनौं


0
Shares

काठमाडौं, पुस २२ । कोशी नदीको कटानबाट पीडित बनेकाहरुले ६४ बर्ष बितिसक्दा पनि मुआब्जा नपाएको गुनासो गरेका छन् ।

आइतबार राजधानीमा पत्रकार सम्मेलन गरी उनीहरुले नेपाल र भारतबीच कोशी बहुद्देश्यीय सम्झौता भएको ६४ बर्ष पुग्दा पनि आफूहरुको मागको सम्बोधन नभएको बताए । कोशी कटान सरोकार समाजका अध्यक्ष डम्बरप्रसाद चौधरीले कोशी ब्यारेज निर्माणका कारण हजारौं विगाह जमिन डुबानमा परेको र बर्षेनी नदीले कटान गर्ने क्रम चलिरहेको भन्दै दुवै देशका सरकारले पीडितहरुको बेवास्ता गरेको बताए ।

२०१२ सालमा भएको सम्झौता बमोजिम सम्पूर्ण पीडितहरुले क्षतिपूर्ति पाउनु पर्ने भन्दै उनीहरुले कुल ७ हजार ६ सय विगाहभन्दा बढी जग्गाको प्रतिविगाह १ लाख ५ हजारको दरले क्षतिपूर्ति माग गरेका छन् ।

साथै पीडितहरुको बसोबासको क्षेत्रमा विभिन्न सुविधा तथा सेवाहरु उपलब्ध गराउने सम्झौता पनि कार्यान्वयन गर्न उनीहरुले माग गरेका छन् ।