
राजबिराज, पुस २२ । सप्तरीको राजबिराज नगरपालिकामा फोहोरका कारण दुर्गन्ध बढेर पठनपाठनमा अवरोध पुगेको भन्दै विद्यार्थीहरु आन्दोलित बनेका छन् ।
केशो अनिरुद्धवति माध्यमिक विद्यालयका विद्यार्थीहरुले नगरमा प्रदर्शन गर्नुका साथै नगरपालिका घेराउ गरेका हुन् । विद्यालयको वरिपरि फोहोर थुपारिएपछि कक्षा कोठासम्म दुर्गन्ध फैलिएकाले फोहोर व्यवस्थापन गर्न उनीहरुले नगरपालिकालाई ध्यानाकर्षण गराएका छन् ।
मेयर शम्भुप्रसाद यादवले नगरमा फोहोर व्यवस्थापन गर्ने कार्य भइरहेको दाबी गरेका छन् । नगरपालिका क्षेत्रमा फोहोर व्यवस्थापन गर्न नसक्दा स्थानीयहरु पनि हैरान भईरहेका छन् ।
प्रतिक्रिया दिनुहोस्