Logo ८ चैत्र २०८२, आइतबार | Mon Mar 23 2026


दीपक मनाङ्गेको शपथ रोकियो


0
Shares

पोखरा, पुस २२ । गण्डकी प्रदेशको कार्यव्यवस्था परामर्श समितिको बैठकले तत्कालका लागि दीपक मनाङ्गे भनिने राजीव गुरुङको शपथ नगराउने निर्णय गरेको छ ।

आज बसेको बैठकले तत्कालका लागि मनाङ्गेको शपथ नगराउने र त्यसको पूर्णतः अधिकार सभामुखलाई दिने निर्णय गरेको हो । मनाङ्गेलाई शपथ गराउने वा नगराउने भन्नेबारे सभामुख नेत्रनाथ अधिकारीले परामर्शका लागि कार्य व्यवस्था परामर्श समितिको बैठक बोलाएका थिए ।

बैठकमा लामो छलफलपछि मनाङ्गेको शपथ तत्कालका लागि नहुने निर्णय भएको र त्यसको पूर्ण अधिकार आफूलाई दिइएको सभामुख अधिकारीले पत्रकारहरुलाई जानकारी दिए ।

यसअघि, नेपाली कांग्रेस, राष्ट्रिय जनमोर्चा, नयाँ शक्तिले मनाङ्गेको शपथ हुन नहुने अडान कायम राख्दै आएको भए पनि अन्य दल मनाङ्गेको पक्षमा उभिएका थिए । 

मनाङ्गे पुस ६ मा सर्वोेच्चको आदेशअनुसार डिल्लीबजार कारागारबाट तारेखमा रिहा भएपछि शपथका लागि गण्डकी प्रदेशसभा सचिवालयमा गत साता निवेदन बुझाएका थिए । कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र डाँकाचोरी मुद्दामा जेल सजाय भोगिरहेका रेशम चौधरीले शपथ लिएपछि मनाङ्गेको शपथबारे चर्चाले बजार तातेको थियो ।