सुनको भाउ २०० ले घट्यो • Image Khabar Image Khabar


सुनको भाउ २०० ले घट्यो


Imagekhabar
१ कार्तिक २०७४, बुधबार १९:४३

सुनको भाउ २०० ले घट्यो

अन्तर्राष्ट्रिय बजार पच्छ्याउँदै यसदिन स्थानीय बजारमा छापावाल सुनको मूल्यमा तोलामा २०० रुपैयाँले कमी आएर तोलाको ५६ हजार ३०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सुनको मूल्य मंगलबार तोलामा १०० रुपैयाँले घटेर तोलाको ५६ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

बुधबार चाँदीको भाउ पनि तोलामा ५ रुपैयाँले घटेर तोलाको ७७० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

अन्तर्राष्ट्रिय बजारमा बुधबार साँझसम्म सुन प्रतिऔंस अघिल्लो दिनको तुलनामा १० डलर बराबरले कमी आइ १२ सय ८० डलर हाराहारीमा कारोबार भएको थियो ।

प्रतिक्रिया दिनुहोस्