२० असार २०८२, शुक्रबार | Fri Jul 4 2025


चन्दा र धम्कीपूर्ण व्यवहारसामु नझुक्दा गौचनको हत्या : निजी क्षेत्र


0
Shares

उद्योग वाणिज्य महासंघ र निर्माण व्यवसायी महासंघले गौचनको हत्यापछि निजी क्षेत्रमा सुरक्षा चुनौती बढेको भन्दै सुरक्षाको प्रत्याभूति दिलाउन सरकारको ध्यानाकर्षण गराएका छन् ।

बुधबार राजधानीमा आयोजित कार्यक्रममा निर्माण व्यवसायी महासंघका पूर्वअध्यक्ष सुकुन्तलाल हिराचनले नेपालमा संगठित अपराध एवं साना हातहतियारको प्रयोग बढ्दै गएको अध्ययनले देखाएको भन्दै निजी क्षेत्रमा सुरक्षा चुनौती बढेको बताए ।

उनले राजनीति, अपराध र व्यवसाय एकैठाउँमा मिसिन आएको जिकिर गरे ।

निर्माण व्यवसायमा राजनीतिक दलका प्रभावशाली व्यक्तिहरुको पनि प्रवेश भएको महासंघले जनाएको छ ।

महासंघले निर्माण क्षेत्रमा देखिएका समस्या समाधान गर्न उच्चस्तरीय अध्ययन समिति गठन गरी सरकार, निजी क्षेत्रको बलियो साझेदारमा सुधार कार्यक्रम आवश्यक रहेको जनाएको छ ।

कार्यक्रममा सुरक्षा निकायका पूर्वअधिकारीहरुले ‘निजी क्षेत्रमा काल पल्किसकेको’ भन्दै सचेत बन्नुपर्ने बताए ।

पूर्वएआईजी रविराज थापाले अपराध र राजनीतिको साँठगाँठ रहेको बताए ।