Logo १० आश्विन २०८३, शनिबार | Sat Sep 26 2026


डा.केसीको अनशन तोडियो, यस्तो छ १० बुँदे सहमति


0
Shares

राष्ट्रिय चिकित्सा शिक्षा विधेयक अध्यादेशमार्फत् ल्याउनेलगायत सरकारसँग १० बुँदे सहमति भएपछि बुधबार बेलुका डा.केसीले १० वर्षीया बालिका रोजिना तामाङको हातबाट पानी र मह खाएर अनशन स्थगित गरेका हुन् ।

स्वस्थ्यमन्त्री दीपक बोहराले डा.केसीलाई स्वास्थ्यसँग सम्बन्धित विषयमा मन्त्रालय सकारात्मक रहेको र अन्य विषयमा सहमति जुटाई बुधबार नै माग सम्बोधन हुने विश्वास दिलाएका थिए ।

सरकार र डा.केसीबीच भएको सहमतिपत्रमा सरकारले अध्यादेशमार्फत आगामी सोमबार चिकित्सा शिक्षा विधेयक ल्याउने, काठमाडौं विश्वविद्यालयमा भएको अनियमितताबारे उच्च स्तरीय छानबिन गरी दोषीलाई कारवाही गर्ने, जनसंख्या तथा भूगोललगायतलाई आधार मानेर शिक्षण अस्पताल खोल्ने, सम्पूर्ण विद्यार्थीहरुका लागि कम शुल्कमा गुणस्तरीय शिक्षालगायतका बिषयमा सहमति  भएको छ ।

त्यस्तै, चिकित्सा शिक्षा सुधारका कतिपय विषयबस्तु राष्ट्रिय चिकित्सा शिक्षा विधेयकमा समाविष्ट गरिएकोले यस सम्बन्धी थप विषयबस्तु नियमावली तथा निर्देशिकामा समेत समावेश गर्ने सहमतिसमेत भएको छ ।

सहमति पढ्नुहोस्

Skip This