‘प्रज्ञा–सिस्नुपानी देउसी’ प्रस्तुत् • Image Khabar Image Khabar


‘प्रज्ञा–सिस्नुपानी देउसी’ प्रस्तुत्


Imagekhabar
१ कार्तिक २०७४, बुधबार २१:०२

‘प्रज्ञा–सिस्नुपानी देउसी’ प्रस्तुत्

नेपाल प्रज्ञा–प्रतिष्ठान र सिस्नुपानी नेपालले संयुक्तरूपमा बुधबार प्रज्ञा–प्रतिष्ठानमा आयोजना गरेको देउसी–भैलो कार्यक्रममा देउसीसँगै सांगीतिक प्रस्तुतिसमेत प्रस्तुत् गरिएको थियो ।

कार्यक्रममा कलाकार सीताराम कट्टेल (धुर्मस), मनोज गजुरेल, शैलेन्द्र सिंखडा, शिशिर योगी र प्रकाश गन्धर्वलगायतले व्यंग्यात्मक प्रस्तुति दिए ।

सो अवसरमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र लोकेन्द्रबहादुर चन्द, विभिन्न राजजीतिक दलका नेता, सुरक्षा निकायका प्रमुख, संवैधानिक निकायका प्रमुखलगायत सहभागी थिए ।

कार्यक्रममा अध्यक्षद्वय ओली र दाहालले मुलुकलाई समृद्ध र भ्रष्टाचारमुक्त बनाउने प्रतिबद्धता व्यक्त गरे । रासस

प्रतिक्रिया दिनुहोस्