नयाँ डीभी कार्यक्रम खुला, पहिले आवेदन दिएकाले फेरि आवेदन दिनुपर्ने • Image Khabar Image Khabar


नयाँ डीभी कार्यक्रम खुला, पहिले आवेदन दिएकाले फेरि आवेदन दिनुपर्ने


Imagekhabar
२ कार्तिक २०७४, बिहीबार ०८:३३

नयाँ डीभी कार्यक्रम खुला, पहिले आवेदन दिएकाले फेरि आवेदन दिनुपर्ने

यसअघि नै डीभीका लागि आवेदन फारम खुला गरिएपनि इडीभी वेबसाइटमा प्राविधिक त्रुटि आउँदा बीचमा बन्द भएको थियो ।

सन् २०१९ को डीभी कार्यक्रमका लागि नयाँ डीभी फारम भर्ने समय कात्तिक १ गते बुधबार राति ९ः४५ बजेदेखि आगामी मंसिर ६ गते बुधबार राति १०ः४५ बजेसम्म कायम गरिएको काठमाडौंस्थित अमेरिकी दूतावासले जनाएको छ ।

यो वर्षको डीभी कार्यक्रमका लागि कात्तिक १ अगावै आवेदन फारम भर्नेहरुले पनि फेरि आवेदन दिनुपर्नेछ । यो मितिभन्दाअघि आवेदन भर्दा दिइएको कन्फर्मेसन नम्बर काम नलाग्ने दूतावासले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

डीभीको नयाँ आवेदन अवधिमा एकपल्टभन्दा धेरैपटक आवेदन दिएमा आवेदक अयोग्य ठहरिने पनि जनाइएको छ ।

अमेरिकी दूतावासको विज्ञप्ति पढ्नुहोस्

नयाँ डीभी कार्यक्रम खुला, पहिले आवेदन दिएकाले फेरि आवेदन दिनुपर्ने

 

प्रतिक्रिया दिनुहोस्