२२ असार २०८२, आइतबार | Sun Jul 6 2025


तिहारलाई मादल बनाउन चटारो


0
Shares

देउसी–भैलो खेल्न मादलमा खरी हाल्ने, मादल कस्ने र छाला फेर्नेको घुइँचो लागेपछि बस्नेत परिवारलाई भ्याइ–नभ्याइ भएको हो ।

अरु समयमा मादल बनाउन फाट्टफुट्ट ग्राहक आउने गरेपनि तिहारमा भीड नै लाग्ने गरेको बस्नेतले बताए ।

यो तिहारको समयमा २०० भन्दा बढी नयाँ मादल बिक्री गरिसकेको उनले जानकारी दिए ।

पाँच वर्षदेखि बेसीसहरमा बाजा बनाउने व्यवसाय गर्दै आएका बस्नेतले मादल, खैंजडी, ढोल, गिटारलगायतका बाजा बनाउने र मर्मत गर्ने गरेका छन् ।