
इन्डोनेसियाको राजधानी जाकर्ताको दक्षिणी क्षेत्रमा पर्ने बोगोरमा रहेको राष्ट्रपति कार्यालयमा राष्ट्रपति जोको विडोडोसँगको भेटपछि उनले पत्रकारहरूसँग यस्तो बताएको कतार न्यूज एजेन्सीले जनाएको छ ।
समस्या समाधानका लागि कतार सधैं वार्ताका लागि तयार रहेको हामीले भनेका छौं, हामीलाई यो पनि थाहा छ कि यो समस्या बल्झाएर कसैले जित्ने होइन’– उनले भने ।
कतारी राजा अल थानीले थपे–‘हामीहरू सबैजना दाजुभाइ हौं, तरपनि हामी यस्तो संकटबाट गुज्रिरहेका छौं ।’
कतारी राजासँग ४० जना व्यवसायीसहितको टोली थियो । उनीहरूले पनि खाडीसंकट समाधानका लागि आग्रह गरेका थिए ।
गत जुन ५ देखि साउदी अरबको नेतृत्वमा युएई, बहराइन र इजिप्टले कतारमाथि नाकाबन्दी गरेका छन् ।
कतारले आतंककारीहरूलाई सघाएको नाकाबन्दी गर्ने देशहरूको आरोप छ भने उनीहरूको आरोपलाई कतारले अस्वीकार गर्दै आएको छ । रासस/सिन्ह्वा
प्रतिक्रिया दिनुहोस्