
तिहारको अवसरमा बिहीबार मन्त्रीनिवासमा देउसी खेल्न पुगेका सन्चारकर्मीसँग कुरा गर्दै उनले ‘सरकारले चुनाव चाहँदैन भनेर फलाक्ने एमाले नै चुनाव चाहँदैन’–भने ।
सरकारले तोकिएकै समयमा निर्वाचन गरी छाड्ने भन्दै मन्त्री थापाले निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको पनि बताए ।
उनले आगामी निर्वाचनमा लोकतान्त्रिक शक्तिले बहुमत ल्याउने दाबी गरे ।
मन्त्री थापाले प्रदेशसभा र प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवार छनोटको तयारी अन्तिम चरणमा पुगेको पनि बताए ।
प्रतिक्रिया दिनुहोस्