
नेपालमा लक्ष्मी पूजाको साँझ सबैभन्दा बढी बिजुली माग हुने गर्दछ ।
आज रातभरी देशैभर बत्ती दिने योजनामा प्राधिकरण रहेको छ । लोडसेडिङ हुन नदिएर लक्ष्मीपूजाको रात्रीलाई देशैभर झिलिमिली बनाउने योजनामा प्राधिकरण रहेको जनाइएको छ ।
ब्यवस्थापकीय तयारी सवैतिर गरिएको र सबस्टेसन तथा ट्रान्सफर्मरहरुको चेकजाँच गरिएको जनाइएको छ । कहीकतै ओभरलोडका कारण विजुली गए तत्काल मर्मतका लागि टोली तम्तयार राखिएको छ ।
देशैभर लोडसेडिङ नगर्दा एक हजार ५ सय मेगावाट विजुली आवश्यक पर्ने र क्षेत्रगत हिसाबमा उपत्यका र आसपासका जिल्लाहरुमा सवैभन्दा बढी ३ सय ५० मेगावाटसम्म विजुलीको माग हुने अनुमान गरिएको छ ।
भारतबाट ल्याइएको ४ सय मेगावाटसहित कुल जडित क्षमता भने १२ मेगावाट रहेकोमा उद्योगहरु बन्द गराएर घरेलु प्रयोजनमा आजराति बिजुली दिइने बुझिएको छ ।
यस्तै हेटौंडामा रहेको डिजेल प्लान्ट पनि चलाइने छ । प्राधिकरणले सूचना नै जारी गरेर सर्वसाधारणलाई बढी बिजुली खपत हुने सामग्री सकेसम्म प्रयोग नगर्न भनेको छ भने ब्यापारिक मल तथा ठूला होटेलहरुलाई जेनरेटर चलाएर सहयोग गर्न आग्रह गरेको छ ।
प्रतिक्रिया दिनुहोस्