
मंसिर ५ गते मनोनयनको मिति तोकिएका ३२ जिल्लाका उम्मेदवारको टुंगो आज अबेरसम्म लगाउने कांग्रेसले जनाएको छ ।
३२ जिल्लामा खासै कसैसँग तालमेल नभएकाले कांग्रेसले एकलौटी रुपमा उम्मेदवार चयन गर्न लागेको हो । पछिल्लो जानकारी अनुसार मंसिर १० गते निर्वाचन हुनेमध्ये नुवाकोट १ मा डा. रामशरण महत, २ मा अर्जुननरसिंह केसी, धादिङ २ मा दिलमान पाख्रिन, ओखलढुंगामा रामहरि खतिवडालाई उम्मेदवार बनाउने निर्णय भएको छ ।
त्यस्तै शीर्ष नेताहरुको पनि निर्वाचन क्षेत्र टुंगो लगाइएको छ । पार्टी सभापति शेरबहादुर देउवा डडेल्धुरा, रामचन्द्र पौडेल तनहुँ १, बिमलेन्द्र निधि धनुषा ३, प्रकाशमान सिंह काठमाडौं १ र डा. प्रकाशशारण महतलाई काठमाडौं ५ मा उम्मेदवार बनाउने निर्णय भएको छ ।
यसैगरी स्याङ्जा–१ मा गोपालमान श्रेष्ठ, मोरङबाट डा. शेखर कोइराला, डा. मिनेन्द्र रिजालल, अमृत अर्याल र महेश आचार्य उम्मेदवार बन्ने तय भएको छ । सुनसरीबाट विजयकुमार गच्छादार, ज्ञानेन्द्र बहादुर कार्की उम्मेदवार बन्ने लगभग पक्का भएको छ ।
प्रतिक्रिया दिनुहोस्