२९ असार २०८२, आइतबार | Sun Jul 13 2025


तिहारमा दैनिक ६० किलोग्राम सुनको कारोबार : महासंघ


0
Shares

तिहारको बेलामा करिब १ साता दैनिक ६० किलोग्राम सुनको कारोबार हुने गरेको नेपाल सुनचाँदी व्यवसायी महासंघका उपाध्यक्ष दियसरत्न शाक्यले जानकारी दिए ।

चाँदीको कारोबार भने दैनिक एक हजार किलोग्रामसम्म हुने गरेको उनले बताए । यो परिमाणमा कारोबार तिहारको केहीदिन मात्र हुने महासंघले जनाएको छ ।

दशैंको तुलनामा तिहारमा सुनचाँदीको कारोबार बढी हुँदै आएको छ । धनतेरसको दिन सबैभन्दा बढी कारोबार हुने गरेको महासंघले जनाएको छ ।

तिहारको बेलामा विशेषगरी चाँदीबाट बनेका पूजाका थाली, मूर्ती लगायतका सामाग्रीको माग बढ्ने गरेको महासंघले जनाएको छ ।