वाम गठबन्धनलाई क्षेत्र बाँडफाँटमा सकस, अझै मिलेन भागवण्डा • Image Khabar Image Khabar


वाम गठबन्धनलाई क्षेत्र बाँडफाँटमा सकस, अझै मिलेन भागवण्डा


Imagekhabar
२ कार्तिक २०७४, बिहीबार १८:३२

वाम गठबन्धनलाई क्षेत्र बाँडफाँटमा सकस, अझै मिलेन भागवण्डा

क्षेत्र बाँडफाँटमा जटिलता देखिएका स्थानमा उम्मेदवार टुङ्गो लगाउने जिम्मा शीर्ष नेतालाई नै दिने कार्यदलको तयारी छ । दुई वामदल एमाले र माओवादी केन्द्रका अध्यक्षहरुले बाँडफाँट छिटो टुङ्ग्याउन कार्यदललाई निर्देशन दिए पनि कार्यदल सफल हुन सकेको छैन ।

कार्यदलले क्षेत्र बाँडफाँट टुङ्गो लगाउन नसकेपछि बिहीबार एमाले र माओवादीको छुट्टाछुट्टै बैठक बसेको छ ।

कार्यदलका एक सदस्यका अनुसार प्रदेश नम्बर १ र ७ को क्षेत्र बाँडफाँट करिब टुङ्गोमा पुगे पनि औपचारिक सहमति भने हुन सकेको छैन । नेकपा एमाले श्रोतले ढिलोमा शुक्रबार साँझसम्म आफ्नो पार्टीको तर्फबाट उम्मेदवार टुङ्गो लगाउने तयारी भईरहेको छ ।

एमाले र माओवादी केन्द्रबीच ६० र ४० प्रतिशतका दरले उम्मेदवार बाँडफाँट गर्ने सहमति छ । माओवादी केन्द्रलाई प्रतिनिधि सभातर्फ ४० प्रतिशतको हिसाबले ६६ सिट हुने भए पनि अन्य नेतालाई पनि समावेश गर्नुपर्ने हुँदा उक्त संख्या घट्ने छ ।

एमालेले पनि सोही अनुपातमा घटाउने छ ।

प्रतिनिधिसभामा माओवादी केन्द्रलाई कम्तीमा ५५ सिट सुनिश्चित गर्ने एमालेको तयारी छ ।

प्रदेशसभातर्फ कुल ३३० मा प्रतिशतका हिसाबले एमालेलाई १९८ र माओवादी केन्द्रलाई १३२ सिट छुट्याउनु पर्ने हुन्छ ।

प्रतिक्रिया दिनुहोस्