
भारतबाट आयातित मालाको भाउ बृद्धि हुँदा यस पटक माला महङ्गो भएको व्यवसायीले बताएका छन् । भारतबाट मागको करिब २० प्रतिशत माला आयात हुँदै आएको छ ।
आयातित मालाको भाउ उच्च हुँदा सोही अनुपातमा स्वदेशी मालाको भाउ पनि बढेको फ्लोरिकल्चर एशोसिएसन अफ नेपालले जनाएको छ । एउटा माला नै सय देखि २ सय रुपैयाँसम्ममा विक्री गरिएको छ ।
यस पटक १५ लाख माला बिक्री हुने अनुमान व्यवसायीको छ । जसमध्ये १० लाख माला उपत्यकामा नै खपत हुने जनाइएको छ ।
मालामा मात्रै १२ करोड रुपैयाँ बराबरको कारोबार हुने अनुमान गरिएको संघका उपाध्यक्ष उपाध्यक्ष रामजीप्रसाद तिमिल्सिनाले जानकारी दिए । माला खरिदका लागि काठमाडौंस्थित न्यूरोड लगायतका क्षेत्रमा सर्वसाधारणका घुईचो नै लागेको छ ।
माला महङ्गो हुँदा राम्रो कारोबार भएको साना व्यवसायी बताउँछन् ।
प्रतिक्रिया दिनुहोस्