पत्नीलाई खुकुरी प्रहार गरेका भूपू गोर्खा सैनिकलाई बेलायतमा १४ वर्ष जेल • Image Khabar Image Khabar


पत्नीलाई खुकुरी प्रहार गरेका भूपू गोर्खा सैनिकलाई बेलायतमा १४ वर्ष जेल


Imagekhabar
३ कार्तिक २०७४, शुक्रबार ०६:३२

पत्नीलाई खुकुरी प्रहार गरेका भूपू गोर्खा सैनिकलाई बेलायतमा १४ वर्ष जेल

स्विडेनमा बसोबास गर्ने ४२ वर्षीय विकास गुरुङले गत २९ डिसेम्बरमा १८ इन्च लामो खुकुरी प्रहार गरी ३७ वर्षीया कामना गुरुङलाई मरणासन्न बनाएका थिए ।

झण्डै २ महिना अस्पतालमा उपचार गराएपछि कामना घर फर्किएकी छन् ।

२३ वर्ष गोर्खा रेजिमेन्टमा सेवा गरेर अवकाश लिएका विकासको अन्य महिलासँग सम्पर्क रहेको थाहा पाएपछि नर्स कामनाले पनि इन्टरनेटमार्फत केटा साथी बनाएकी थिइन् ।

२० वर्ष यताको सम्बन्धविच्छेदका लागि पतिसँग कुरा गर्छु भनेपछि कामनामाथि विकासले आक्रमण गरेका थिए । –कान्तिपुर दैनिकबाट

प्रतिक्रिया दिनुहोस्