
बैतडी । बैतडी र दार्चुलामा भूकम्पको धक्का महसुस गरिएको छ ।
भारतको उत्तराखण्ड प्रदेशको खेला केन्द्रबिन्दु भएर गएराति गएको भूकम्पको धक्का बैतडी र दार्चुलामासमेत महसुस गरिएको हो ।
भूकम्प मापन केन्द्र सुर्खेतका प्रमुख दिपक बस्नेतले गएराति १० बजेर १ मिनेटमा ४ रेक्टर स्केलको भूकम्प गएको बताए ।
भूकम्पले पुर्याएको क्षतिको विवरण भने प्राप्त भएको छैन ।
प्रतिक्रिया दिनुहोस्