४ फाल्गुन २०८१, आइतबार | Sun Feb 16 2025


पासोमा परेर चितुवाको मृत्यु


0
Shares

बैतडी । बैतडीको दुर्गम सिगास गाउँपालिकामा पासोमा परेर एउटा चितुवाको मृत्यु भएको छ ।

डिभिजन वन कार्यालय बैतडीका डिभिजनल वन अधिकृत केशव पराजुलीले करिब ७ वर्षको ७ फिट लम्बाई भएको चितुवा मरेको बताए ।

सिगास गाउँपालिका–८ मगरकोट जंगलमा स्थानीयले जंगली जनावरका लागि थापेको पासोमा परेर चितुवा मरेको हो ।

चितुवाको पोस्टमार्टम गरि डिभिजन वन कार्यालय परिसरमा गाडिएको छ । चितुवाको आक्रमणबाट २०६८ साल यता बैतडीमा २३ जनाले ज्यान गुमाइसकेका छन् ।