२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


निर्वाचनलाई शान्तिपूर्ण बनाउन सरकार प्रतिबद्ध : प्रधानमन्त्री देउवा


0
Shares

नेपाल सम्वत् ११३८ शुभारम्भको अवसरमा राष्ट्रिय विभूति शंखधर साख्वा प्रतिष्ठान भक्तपुरले आज गरेको कार्यक्रममा प्रधानमन्त्रीले देउवाले निर्वाचनमा सहयोग गर्न सबैलाई आग्रह गरे ।

उनले राष्ट्रिय हितलाई ध्यानमा राखेर काम गर्न सकेमात्र मुलुक सबल हुने भएकाले सबैलाई एकजुट हुन आह्वान गरे ।

प्रधानमन्त्री देउवाले नेपाल सम्वत् नेपालको मौलिक सम्वत भएकाले यसको संरक्षण गर्न सरकार प्रतिबद्ध रहेको बताए ।

कार्यक्रममा प्रतिष्ठानले नरेन्द्रभक्त हाडा र देवेन्द्रकुमार मल्ललाई सम्मान गरेको थियो ।

यसैबीच, प्रधानमन्त्री देउवाले राष्ट्रिय संवतको रुपमा रहेको नेपाल संवतलाई सरकारले कार्यान्वयनमा ल्याउने वचन दिएका छन् ।

नेपाल संवत ११३८ राष्ट्रिय समारोह समितिले वसन्तपुरमा गरेको कार्यक्रममा उनले यसको कार्यान्वयनका लागि सरकारले गृहकार्य गर्ने बताए ।

नेपाल संवतका प्रवर्द्धक राष्ट्रिय बिभुति शंखधर साख्वाको भूमिकाको स्मरण गर्दे आफ्नै देशको संवत प्रचलनमा ल्याउन आफूले पहल गर्ने आश्वासन दिए ।

निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको भन्दै उनले चुनावपछि सबै नेपालीको अधिकार समान हुने बताए । नेपाली कांग्रेसको नेतृत्वमा जारी भएको संविधान कांग्रेस नेतृत्वमै कार्यान्वयन गर्ने उनको दृढता थियो ।

कार्यक्रममा अरु वक्ताहरुले भने नेपाल संवतलाई राष्ट्रिय संवतको मान्यता दिए पनि व्यवहारमा लागू नभएको गुनासो गरेका थिए ।

कार्यक्रममा काठमाडौं, ललितपुर, भक्तपुरका नेवार समुदाय साँस्कृतिक र्‍यालीसहित वसन्तपुर पुगेका थिए ।