
विराटनगर विमानस्थलमा शुक्रबार पत्रकारसँग कुरा गर्दै उनले लोकतान्त्रिक फोरम र कांग्रेसबीचको एकीकरणपछि सातओटै प्रदेशमा कांग्रेस लहर उत्पन्न भएको र पार्टी एकीकरणकाक्रममा कांग्रेससँग आफूलाई उपसभापति पद दिने समझदारी भएको जिकिर गरे ।
उनले फोरम लोकतान्त्रिकका कार्यकर्तालाई पनि केन्द्रदेखि वडासम्म सम्मनजनक ढंगले पद दिने सहमति भएको बताए ।
उनले मधेसको माग सर्वप्रथम आफूले उठाएको तथा आन्दोलनमा मृत्यु भएकाहरूलाई सहिद घोषणा गर्न संसद अवरुद्धसमेत गरिएको स्मरण गर्दै आफू सदैव मधेसको समस्या समाधान गर्न क्रियाशील रहेको बताए । रासस
प्रतिक्रिया दिनुहोस्