
देशको उत्तरी शहर ओविएदोमा भएको एक समारोहमा राजा फेलिपेले क्याटलोनिया सरकारले सृजना गरेको समस्यालाई केन्द्र सरकारले प्रजातान्त्रिक ढंगले समाधान गर्न चाहेको बताए ।
क्याटलन विवादमा राजा फिलिपे छैठौले मुख खोलेको यो दोस्रो पटक हो । स्पेनबाट स्वतन्त्र हुन चाहेको क्याटलोनियामा अक्टोबर १ मा जनमतसंग्रह गराइएको थियो ।
अदालतले नै अवैध भनेको जनमतसंग्रहमार्फत् क्याटलोनिया टुक्र्याउन क्याटलन नेताहरुको जोड रहेको छ । क्याटलान नेताले स्वतन्त्रता घोषणा सम्बन्धी प्रस्तावमा हस्ताक्षरसमेत गरिसके पनि तत्कालका लागि घोषणा भने गरिएको छैन ।
यही तनावमा रहेको स्पेन सरकारले भने क्याटलोनियाको स्वायत्तता निलम्बन गर्दै प्रत्यक्ष शासन लागू गर्ने तयारी गरेको छ । क्याटलोनिया स्पेनअन्तर्गतको वृहत स्वायत्तता पाएको राज्य हो ।
स्पेन सरकारले क्याटालोनियामा आउँदो जनवरीमा चुनाव गर्ने र त्यसबेलासम्म केन्द्रीय शासन लागू गर्ने तयारी गरेको छ । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्