
छातेढुंगाको भित्रियाका कृषक चन्द्र तिवारीले अकबरे खुर्सानी बेचेर कमाएको ७ लाख रुपैयाँको लगानीमा ‘अकबरे कुटानी–पिसानी मिल’ संचालन गरेका हुन् ।
तिवारीले मिल संचालन गरेसँगै कुटानी पिसानीका लागि एक घण्टाको बाटो हिँडेर जानुपर्ने बाध्यता खेप्दै आएका बासिन्दालाई समेत लाभ मिलेको छ ।
यहाँका करीब ४ सय परिवारले धान, मकै, कोदो र तोरी कुटानी पिसानी गर्ने गरेका छन् । मिल संचालक तिवारीले १० वर्षअघि गाउँमै पहिलो पटक थालेको अकबरेको व्यवसायिक खेतीबाट बचत गरेको ७ लाख रुपैयाँमा मिल सञ्चालन गरेका हुन् ।
मिलबाट तिवारीले मासिक २० हजार रुपैयाँसम्म आम्दानी गर्दै आएका छन् ।
प्रतिक्रिया दिनुहोस्