
देउसी, भैली तथा नाचगान गर्दा बजाईने मादलको प्रयोग घट्न थालेकाले बिक्री घटेको ब्यापारी बताउँछन् । विगत बर्षमा तिहारका बेला १५ देखि २० वटासम्म मादल बिक्री हुने गरेपनि पछिल्ला तिहारहरुमा एक÷दुईवटामा सीमित भएको हो ।
आफ्नो संस्कृति अनुसार देउसी, भैली तथा नाचगान गर्दा मादल बजाइने गरिन्छ । तर अहिले प्रविधिको विकाशसँगै तिहारको गीतभन्दा अंग्रेजी र हिन्दी गीतमा नाचगान गर्ने प्रवृत्ति बढेकाले मादलको प्रयोग हुन छाडेको व्यवसायी बताउँछन् ।
प्रतिक्रिया दिनुहोस्