२२ असार २०८२, आइतबार | Sun Jul 6 2025


नेपालमा अन्तर्राष्ट्रियस्तरको फर्निचर सोरुम खुल्यो


0
Shares

सृष्टि ग्रुपले अन्तर्राष्ट्रिय ब्रान्डको फर्निचर नेपालमा ल्याएको हो ।

काठमाडौंको सीतापाइलमा खोलिएको सोरुमको शनिबार उद्योग राज्यमन्त्री रेशम लामाले उद्घाटन गरे ।

राज्यमन्त्री लामाले नेपाली बजारमा डिजाइनयुक्त तथा गुणस्तरीय फर्निचरको अभाव रहेकोमा सृष्टि ग्रुपले उपभोक्ताको चाहना पूरा गर्ने विश्वास व्यक्त गरे ।

सृष्टि ग्रुपका सन्चालक निमा डी शेर्पाले नेपाली उपभोक्ताको आयस्तर र मागलाई मध्यनजर गरेर फर्निचर भित्र्याएको बताए ।