१८ जेष्ठ २०८२, आइतबार | Mon Jun 2 2025


अफगानिस्तानमा आत्मघाती विस्फोट, १५ सैनिकको मृत्यु


0
Shares

काबुलमा रहेको फहीम सैनिक क्याम्पबाट गस्तीका लागि मिनीबस चढ्ने क्रममा रहेका सैनिकलाई लक्षित गरी क्याम्पको ढोकामा आत्मघाती बम बिस्फोट हुँदा उनीहरु मारिएका हुन् । घटनामा चारजना घाइते भएका छन् ।

क्याम्प अगाडी हिंडेर आएका ब्यक्तिले आत्मघाती बिस्फोट गराएको अफगान अधिकारीले जनाएका छन् ।

घटनाको जिम्मेवारी तालिवानले लिएको छ । पछिल्लो समय तालिवान विद्रोहीले सेना र प्रहरीलाई लक्षित गरी आक्रमण गर्ने गरेका छन् ।

२४ घण्टाको बीचमा भएको यो दोस्रो विस्फोट हो । यसअघि अफगानिस्तानको शिया मुश्लिम समुदायको मस्जिदमा गराईएको आत्मघाती बिस्फोटमा ६० जना मारिएका थिए । (एजेन्सी)