
सुजन काफ्ले (इमेज)
दोलखा, पुस २१ । दोलखाको चिलंखामा एक टिपर दुर्घटना हुँदा एकजनाकोे मृत्यु भएको छ । तीनजना घाइते छन् ।
शनिबार बिगु गाउँपालिका–५, चिलंखास्थित स्याखुबाट सिंगटीतर्फ आउँदै गरेकोे बा५ख २६६२ नम्बरको ढुंगा बोकेको टिपर दुसीडाँडामा दुर्घटना भएको हो ।
दुर्घटनामा परी बिगु गाउँपालिका–६, आलम्पुका ३० वर्षीय टहलबहादुर थामीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
दोलखाका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक माधवप्रसाद काफ्लेकाअनुसार दुर्घटनामा टिपरचालक बिगु गाउँपालिका–५ का २९ वर्षीय जयराम गुरुङ, टिपरमा सवार सोही ठाउँका २३ वर्षीय सन्तबहादुर थामी र बिगु–६ का २५ वर्षीय लालकुमार थामी घाइते भएका छन् ।
घाइते तीनैजनाको सिंगटी अस्पतालमा उपचार भइरहेको छ ।
कच्चीसडकमा खाल्डाखुल्डीका कारण दुर्घटना भएको हुनसक्ने प्रहरीको अनुमान छ ।टिपर सडकबाट करिब ६० मिटर तल खसेको थियो ।
प्रतिक्रिया दिनुहोस्