Logo २४ असार २०८३, बुधबार | Thu Jul 9 2026


दोलखामा मध्यदिनसम्म कुनैपनि उम्मेदवारी दर्ता भएन


0
Shares

मुख्य निर्वाचन अधिकृतको कार्यालय चरिकोट, दोलखाले नेकपा एमालेलाई सुरुमा उम्मेदवारी दर्ताका लागि समय निर्धारण गरेकोमा एमालेको टिकट विवादका कारण निर्धारित् समयमा उम्मेदवारी दर्ता हुन नसकेकाले मुख्य निर्वाचन अधिकृतको कार्यालय सुनसान भएको हो ।

नेपाली कांग्रेसका लागि निर्धारण गरिएको समयभन्दा केही समयअघि नै उम्मेदवारी दर्ताका लागि सो दललाई आह्वान गरिएको दोलखाका मुख्य निर्वाचन अधिकृत प्रकाशकुमार काफ्लेले जानकारी दिए ।

दोलखा जिल्लामा कांग्रेस, एमाले, माओवादी केन्द्र, राप्रपालगायतका दलहरु सक्रिय रहे पनि आइतबार मध्याह्नसम्म कसैलेपनि उम्मेदवारी दर्ता नगराएको मुख्य निर्वाचन अधिकृतको कार्यालय चरिकोटले जनाएको छ ।