
सरकारले ९० पीपीएमभन्दा बढी लेड अर्थात् सिसा रङमा मिसाउन नपाइने मापदन्ड बनाएपनि उत्पादक कम्पनीहरुले त्योभन्दा बढी लेड राखेर रङ उत्पादन गरेको भेटिएको हो ।
जनस्वास्थ्य तथा वातावरण प्रवद्र्धन केन्द्रले गरेको अध्ययनले सातओटा पेन्ट उद्योगबाट उत्पादित १५ किसिमका ‘पेन्ट’मा मापदन्डविपरीत सिसा भेटिएको देखाएको छ ।
केन्द्रले १८ ओटा उद्योगबाट उत्पादित ३७ किसिमका पेन्टमा अध्ययन गरेको थियो ।
जसमा गौरी शंखर, जस्मिन, जेनिस, एपोलो, आर्टी, जी सेभेन र अमेरिकन पेन्ट उद्योगबाट उत्पादित रङमा सरकारले तोकेको मापदन्ड ९० पीपीएमभन्दा बढी लेड मिसिएको पाइएको छ ।
जनस्वास्थ्य तथा वातावरण प्रबद्र्धन केन्द्रका कार्यकारी निर्देशक रामचरित्र शाहले सरकारले दुई वर्षअघि ९० पीपीएमभन्दा बढी लेड मिसाउन नपाउने व्यवस्था गरेको भएपनि उत्पादक कम्पनीहरुले त्यसको पालना नगरेको बताए ।
रङमा पाइने लेडले बालबालिकाको शारिरीक, बैद्धिक तथा मानसिक विकासमा अवरोध पु¥याउने भन्दै उनले मापदन्ड कार्यान्यन भए÷नभएको पनि कुनै अध्ययन नभएको बताए ।
हरेक पेन्टको बट्टामा लेडको मात्रा र व्यवसायजन्य सुरक्षासम्बन्धी सावधानीमूलक सन्देश लेख्नुपर्ने व्यवस्था सरकारले गरेपनि कम्पनीहरुले त्यसको उल्लंघन गरेको अध्ययनले देखाएको छ ।
प्रतिक्रिया दिनुहोस्