१० असार २०८२, मंगलबार | Tue Jun 24 2025


माओवादीले लगायो उम्मेदवारको टुंगो, कहाँ–को ?


0
Shares

प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा नेकपा एमाले र माओवादी केन्द्रबीच तालमेल गर्ने सहमति भएपछि केन्द्रले पाउने उम्मेदवारको अन्तिम नामावली आइतबार सार्वजनिक गरिएको पार्टी प्रवक्ता पम्फा भुसालले जानकारी दिइन् ।

उनकाअनुसार संघीय संसदका उम्मेदवारमा भोजपुरमा सुदन किराँती, सोलुखुम्बुमा हेमकुमार राई, रामेछापमा श्यामकुमार श्रेष्ठ र सिन्धुपाल्चोक क्षेत्र नम्बर–१ मा अग्निप्रसाद सापकोटालाई उम्मेदवार बनाइएको छ ।

त्यसैगरी, नुवाकोट क्षेत्र नम्बर–१ मा हितबहादुर तामाङ, लमजुङमा देवप्रसाद गुरुङ, गोरखा क्षेत्र नम्बर–१ मा हरिराज अधिकारी र २ मा नारायणकाजी श्रेष्ठ, बागलुङ क्षेत्र नम्बर–२ मा देवेन्द्र पौडेल तथा रोल्पामा वर्षमान पुन उम्मेदवार बनेका छन् ।

रुकुम (पूर्व)मा कमला रोका, रुकुम (पश्चिम)मा जनार्दन शर्मा, जुम्लामा गजेन्द्र महत, कालीकोटमा दुर्गाबहादुर रावत, हुम्लामा जिमी लामा र जाजरकोटमा शक्तिबहादुर बस्नेतलाई उम्मेदवार बनाइएको छ ।

प्रवक्ता भुसालकाअनुसार ३२ जिल्लाका ३७ प्रतिनिधिसभा सदस्यमध्ये १६ ओटामा प्रत्यक्ष उम्मेदवारी दिइएको हो ।

त्यसैगरी, पार्टीले प्रदेशसभामा ३२ जना उम्मेदवारको नाम सार्वजनिक गरेको छ । रासस