
ठूला राजनीतिक दलहरुले पहिलो चरणको निर्वाचनमा एकदमै कम महिलालाई उम्मेदवार बनाएका छन् ।
३२ ओटा जिल्लामा हुन लागेको पहिलो चरणको प्रतिनिधिसभाको चुनावमा नेपाली कांग्रेसले एकजना महिलालाईमात्र उम्मेदवार बनाएको छ । कांग्रेसले खोटाङबाट सरस्वती बजिमयले उम्मेदवार बनाएको छ ।
त्यस्तै, प्रदेशसभाको चुनावका लागि नेपाली कांग्रेसले ताप्लेजुङबाट लिलादेवी बोखिमलाई उम्मेदवार बनाएको छ ।
प्रतिनिधिसभाका लागि माओवादी केन्द्रले पूर्वीरुकुमबाट कमला रोक्कालाई उम्मेदवार बनाएको छ ।
प्रदेशसभातर्फ माओवादी केन्द्रले नुवाकोट क्षेत्र नम्बर–१ बाट राधिका गुरुङ, गोरखा क्षेत्र नम्बर–२ बाट कमला नहर्की र बझाङबाट देवकी मल्ललाई उम्मेदवार बनाएको छ ।
नेकपा एमालेले प्रतिनिधिसभातर्फ कुनैपनि महिलालाई उम्मेदवार बनाएको छैन । एमालेले प्रदेशसभातर्फ म्याग्दीबाट नरदेवी पुनलाई उम्मेदवार बनाएको छ ।
प्रतिक्रिया दिनुहोस्