२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


भारतद्वारा मीरगन्ज खोलाको पुलबाट सवारी आवागमनमा रोक


0
Shares

गत साउनको अन्तिम साता गएको बाढीका कारण क्षतिग्रस्त सीमावर्ती भारतीय बजार जोगबनीदेखि ५ किलोमिटर दक्षिणमा रहेको मीरगन्ज खोला मर्मत–सम्हारपछि सन्चालनमा आएको थियो ।

दुई साताअघि पुलको भारवहन क्षमता जॉच गरिएको भएपनि दुई दिनअघिबाटमात्र सो पुलबाट सवारी आवगमन खुला गरिएको थियो ।

भारतीय प्रशासनले आइतबार (आज) बिहानदेखि पुलमाथि बार लगाएर मालबहाक सवारी आवत–जावत गर्न निषेध गरेको मोरङ व्यापार संघका अध्यक्ष पवन साराडाले जानकारी दिए ।

सवारी–साधन आवत–जावतमा रोक लगाएपछि नेपाल र भारतबाट हुने आयात–निर्यातको काम प्रभावित हुन पुगेको छ ।