
काठमाडौं । काठमाडौं उपत्यकामा आदिवासीको रुपमा रहेको उदाय् समाजको तेस्रो राष्ट्रिय भेला आयोजना गरिएको छ ।
देशभर रहेका उदाय् समाजलाई एकीकृत गर्ने उद्धेश्यले भेला आयोजना गरिएको हो । आफ्नो कला, पहिचान, भाषा, धर्म र संस्कृतिको संरक्षणमा समाजले जोड दिएकोे छ ।
नेवार समुदाय भित्र पर्ने तुलाधर, ताम्राकार, बानिया, कंसाकार, शिल्पकारलगायतका ९ थरलाई एकीकृत गर्न उदाय् समाज छाता संगठनको रुपमा रहेको छ ।
समाजले काठमाडौंको भृकुटीमण्डपमा विशेष मेलासमेत आयोजना गरेको छ ।
मेलामा ब्यापारिक स्टलहरु, खानाका परिकारहरु र स्थानीय उत्पादन राखिएको छ भने मूर्तिहरु, गरगहना र पुरातात्विक वस्तु पनि प्रर्दशनमा राखिएको छ । भेलामा आठ हजार उदाय् समाज सहभागी छन् ।
प्रतिक्रिया दिनुहोस्