
क्लोलासोँथर गाउँपालिकाको घलेगाउँ, भुजुङ, घनपोखरा क्षेत्रमा लगाइएको चिया खेतीले आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गरेको हो ।
पछिल्लो समय चियाबारी हेर्नकै लागि आन्तरिक तथा बाह्य पर्यटक आउने गरेको स्थानीय बताउँछन् । हिमालकै काखमुनी रहेर चियाबारीमा रमाउन सार्क राष्ट्रकै नमूना ग्रामीण पर्यटकीय घलेगाउँ र ग्रामीण पर्यटकीय गाउँ भुजुङमा धेरै पर्यटक पुग्ने गरेका छन् ।
अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना भुजुङको पहलमा २०५५ सालदेखि चियाखेती शुरुवात गरिएको हो । एक्याप क्षेत्रभित्र भुजुङमा २ सय ५० रोपनी, पसागाउँमा एक सय रोपनी र घलेगाउँमा ७० रोपनी गरी एक्यापको अगुवाइमा हालसम्म ४ सय २० रोपनीमा चियाखेती गरिँदै आएको छ ।
उत्कृष्ट चिया उत्पादन गर्ने पूर्वी नेपालको सिको गर्दै लमजुङमा चियाखेती शुरुवात गरिएको हो । घलेगाउँमा चियाखेती विस्तारका लागि जिल्ला भू–संरक्षण कार्यालयले समेत सहयोग गरेको छ ।
प्रशस्त उत्पादन भएर पनि राम्रो प्रशोधन हुन नसक्दा लमजुङको चिया बजारसम्म आउन सकेको छैन ।
प्रतिक्रिया दिनुहोस्