
नेपाली सेनाले १ करोडको लागतमा कोइलवा तालको विभिन्न भौतिक संरचना निर्माण गरेपछि ३ महिनाको अवधीमा ३० हजार पर्यटकले अवलोकन गरेका छन् ।
पहिले माछा पालनमात्र हुँदै आएको तालमा हाल राष्ट्रपति चुरे संरक्षण कार्यक्रमअन्तर्गत विभिन्न भौतिक संरचना निर्माणसँगै ४ वटा बोटिङ डुंगा, भ्यु टावर, प्रतिक्षालय र पिक्निक स्पट निर्माण भएपछि आन्तरिक तथा बाह्य पर्यटको संख्या बढेको हो ।
राष्ट्रपति चुरे संरक्षण कार्यक्रमअन्तर्गत पञ्च बर्षीय कार्यक्रमको पहिलो बर्षमा करिब १ करोडको लागतमा उक्त भौतिक संरचना निर्माण गरिएको ताल संरक्षण समितिका अध्यक्ष सिहीलाल चौधरी बताउँछन् ।
तालको भौतिक तथा वातावरण संरक्षणको जिम्मा पाएको बडैपुरस्थित नेपाली सेनाको २ नम्बर बाहिनीले ३ महिनामा पहिले पहिलो चरण अन्तर्गतको १ करोडको काम सकेर ताल ब्यवस्थापन समितिलाई हस्तान्तरण गरेको थियो ।
सेनाले हस्तान्तरण गरेको ३ महिना नपुग्दै तालमा बोटिङ तथा पिक्निकका लागि आउने पर्यटबाट मात्र ४५ हजार राजश्व संकलन भएको अध्यक्ष चौधरीले बताए । पर्यटकीय रुपमा विकास हुँदै गएको तालको प्रचार प्रसारका लागि विभिन्न स्थानमा साईन वोर्ड लगाउने काम भईरहेको चौधरी बताउन्छन् ।
महेन्द्रराजमार्ग बाट करिब ९ किलोमिटर टाढा रहेको उक्त तालमा हाल दैनिक २ सय देखि ५ सय पर्यटकले अवलोकन गर्ने गरेका छन् ।
७२ हेक्टरमा फैलिएको कोइलवा तालको प्रचार प्रसार गरी आन्तरिक मात्र नभई बाह्य पर्यटक पनि ल्याउन ब्यवस्थापन समितिले पहल गर्नुपर्ने स्थानीय यमन चौधरीले बताए ।
विस्तृत रिपोर्टका लागि भिडियो हेर्नुहोस्
प्रतिक्रिया दिनुहोस्