२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


बाबुरामको नेतृत्वमा समृद्धि आउँदैन : नारायणकाजी


0
Shares

श्रेष्ठ र भट्टराई गोरखा–२ बाट चुनावी प्रतिस्पर्धामा छन् ।

गोरखा–२ वामपन्थी क्रान्तिकारीको किल्ला भएको, संगठन राम्रो भएको, वाम गठबन्धनले गर्दा कार्यकर्तामा उच्च मनोबल रहेको र कार्यदिशा स्पस्ट भएकाले आफूले निर्वाचन जित्ने श्रेष्ठको तर्क छ ।

नेकपा एमाले र माओवादी केन्द्रबीच चुनावी तालमेलमात्र नभइ पार्टी पनि एकता गर्ने सहमति भइसकेको श्रेष्ठले जानकारी दिए ।

पर्यटन, शिक्षा, जडिबुटी व्यवस्थापन गर्दै गोरखालाई विकासमा नमुना जिल्ला बनाउने दाबी श्रेष्ठले गरे ।

सदरमुकाममा सोमबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै श्रेष्ठले भने–‘बाबुरामजीलाई वाम गठबन्धनमा हामीले नै सामेल गरौं भनेर सहभागी गराएका थियौं । उहाँकै प्रवृत्तिले छाड्नुपरेको हो । नारायणकाजीले गर्दा उहाँ वाम गठबन्धनबाट बाहिरिएको भन्ने सत्य होइन ।’ रासस