सोमबार पनि सुनको भाउ ओरालो • Image Khabar Image Khabar


सोमबार पनि सुनको भाउ ओरालो


Imagekhabar
६ कार्तिक २०७४, सोमबार २०:२२

सोमबार पनि सुनको भाउ ओरालो

अन्तर्राष्ट्रिय बजार पच्छ्याउँदै यसदिन पनि स्थानीय बजारमा छापावाल सुनको मूल्य तोलामा २०० रुपैयाँले कमी आएर तोलाको ५५ हजार ८०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

तिहार बिदापछि आइतबार खुलेको सुन बजारमा पनि तोलामा ३०० रुपैयाँले कमी आएर तोलाको ५६ हजार रुपैयाँमा कारोबार भएको थियो ।

सोमबार चाँदीको भाउ भने तोलाको ७६५ रुपैयाँमा स्थीर रह्यो ।

अन्तर्राष्ट्रिय बजारमा सोमबार साँझसम्म सुन प्रतिऔंन्स १२ सय ७५ डलर हाराहारीमा कारोबार भएको थियो ।

प्रतिक्रिया दिनुहोस्