राष्ट्र बैंकको साढे ८ प्रतिशत ब्याजदरको ५ वर्षे नागरिक बचतपत्र • Image Khabar Image Khabar


राष्ट्र बैंकको साढे ८ प्रतिशत ब्याजदरको ५ वर्षे नागरिक बचतपत्र


Imagekhabar
६ कार्तिक २०७४, सोमबार २०:३२

राष्ट्र बैंकको साढे ८ प्रतिशत ब्याजदरको ५ वर्षे नागरिक बचतपत्र

बैंकले साढे ८ प्रतिशत ब्याजदरमा २ अर्ब रुपैयाँको नागरिक बचतपत्र २०७९ निष्काशन गर्न लागेको हो ।

कात्तिक १२ देखि मंसिर १ गतेसम्म बचतपत्र खरिदका लागि आवेदन दिन पाइने राष्ट्र बैंकले जनाएको छ ।

२०७४ मंसिर ६ गते निष्काशन मिति रहेको बचतपत्रको साँवा भुक्तानी २०७९ मंसिर ६ गते हुने पनि सूचनामा जनाइएको छ ।

६/६ महिनामा ब्याज भुक्तानी गरिने बचतपत्र खरिदका लागि घटीमा १० हजार रुपैयाँ बराबरको आवेदन दिनुपर्ने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्