
चीन–नेपाल प्राविधिक सहयोग परियोजनामार्फत सन् २०१६ देखि तीन वर्षसम्म परीक्षण उत्पादन गर्ने गरी भक्तपुरमा चिनियाँ हाईब्रिड धान लगाइएको थियो । जसको दुबै देशका अधिकारीहरुले अवलोकन पनि गरेका छन् ।
यो धान अन्य धानभन्दा चार गुणा बढी उत्पादन भएको छ । मध्यपुर थिमीको राधे–राधे पछाडि करिब १२ रोपनी जग्गामा परीक्षणका लागि लगाइएको एलपीएम बिआर १६२८ र एलपीएम बिआर १६३२ जातको धानको उत्पादन अन्य धानको तुलनामा चार गुणाले बढी भएको अध्ययनका क्रममा देखिएको छ ।
नेपाल कृषि अनुसन्धान परिषद्, चिनियाँ टोली, चाईना नेपाल प्राविधिक सहयोग परियोजना, कृषि वनस्पति महाशाखा, धान लगाउने कृषकको टोलीले धानको अवलोकन गरेको हो ।
प्रतिक्रिया दिनुहोस्